२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी वुमन्स प्रिमियर कपः नेपालले टस जितेर फिल्डिङ गर्दै



file photo: can
अ+ अ-

काठमाडौँ । एसीसी वुमन्स प्रिमियर कप–२०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

मलेसियाको सेलांगुर टर्फ क्लबमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ रोजेकी हुन् । नेपालको प्लेइङ ११ मा डली भट्ट र कविता कुँवर फर्किएका छन् ।

नेपाल रहेको समूह डी मा हङकङ, भुटान र माल्दिभ्स छन् । प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कपमा स्थान बनाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्नेछन् ।