• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

पाकिस्तान चुनाव अपडेटः इमरानका समर्थकले सबैभन्दा बढी ९८ सिट जिते



एजेन्सी । पाकिस्तानमा राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको मतदान सकिएपछि नतिजा आउँदैछ । निर्वाचन आयोगले १८ घण्टा ढिलो गरी नतिजाको औपचारिक घोषणा गर्न थालेको हो ।

यसैबीच पाकिस्तानको खैबर पख्तुनख्वालगायत धेरै प्रान्तमा हिंसा फैलिएको छ । जेलमा रहेका इमरानको पीटीआई र बिलावलको पीपीपीले धेरै सिटमा धाँधली गरेको आरोप लगाइएको छ ।

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एउटा सिटको निर्वाचन स्थगित भएको छ । बाँकी सिट आरक्षित छन् । सरकार बनाउन १३४ सिटमा बहुमत चाहिन्छ । पाकिस्तानमा मुख्यतया ३ दलबीच प्रतिस्पर्धा छ । जसमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन), पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई), र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पर्छन् ।

नेशनल एसेम्ब्ली ः जम्मा सिट २६६, बहुमत –१३४
पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) समर्थक – ९८ सिट
पाकिस्तान मुस्लिम लिग – ६९
पाकिस्तान पिपुल्स पार्टी – ५१
(१ बजसम्मको नतिजा)