२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयारानी हेरेपछि पदम गिरी: सेरोगेसीका बारेमा कानूनमा सम्बोधन गर्न आवश्यक छ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृया (सेरोगेसी) का बारेमा कानूनमा सम्बोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार नेपाली चलचित्र दयारानीको प्रिमियर शो हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सेरोगेसीबारे कानूनमा सम्बोधन गर्न नसकिरहेको अवस्था रहेको भन्दै बच्चा आफूसँग नहुँदा अभाव कसरी पूरा गर्ने भन्ने बारेमा कानूनले केही न केही सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले चलचित्र दयारानीले समाज र संस्कृतिका विभिन्न पाटाहरुलाई उजागर गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फिल्मले समाज र संस्कृतिका विभिन्न पाटाहरुलाई उजागर गरेको छ । नेपाली समाजमा बच्चा नजन्माउँदा महिलाहरुले पीडा कस्तो हुन्छ ? कति पीडा भोग्छ । भन्नेकुराको गहिरो गरी अनुभुति हुनेगरी आएको छ । यस्ता घटना मेरो छिमेकमा धेरै नै छन् । श्रीमतीको मात्रै कमजोरी देख्ने, श्रीमानको कमी नदेख्ने कुरा यसमा छ । विश्वमा विभिन्न अभ्यास भएको छ । बच्चा नभए त्यस्तो सन्दर्भमा विभिन्न ढंगले पाल्न सकिन्छ, लिएर । सेरोगेसीको कुरा पनि छ । तर त्यो हामीले कानूनमा व्यवस्था गर्न सकेका छैनौँ । बच्चाको खालि हुँदा त्यसको अभाव कसरी पूरा गर्ने भन्ने आज पनि सोच्न सकिएको छैन, यसतर्फ कानूनले केही न केही सम्बोधन गर्नुपर्छ ।’

प्रिमियर शोपछि बोल्दै कलाकार कमलमणि नेपालले चलचित्रको कथा नेपाली समाजकै कथा रहेको बताउनु भयो । उहाँले एउटा समुदायको मात्रै कथा नभइ समग्र नेपाली समाजको कथा भएकाले सबैले हेर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कथा एकदमै राम्रो छ । नेपाली समाजको कथा हो यो । एउटा समुदायको मात्रै कथा होइन । फिल्म छोटो मिठो छ । सबै हेर्नुपर्ने फिल्म हो ।’

अभिनेत्री दिया पुनले चलचित्र हेर्नेहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो