२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङ एस २० प्लसको मूल्य घट्यो, अब ९४ हजार ९९९ रूपैयाँमा बिक्री



अ+ अ-

काठमाडौं । अग्रणी रहेको इलेक्ट्रोनिक कम्पनी सामसुङले एस २० प्लसको मूल्य घटाएर ९४ हजार ९९९ रूपैयाँमा बिक्री गर्ने भएको छ । नेपाली बजारमा एस सिरिज अन्तर्गत एस २१ प्लस र एस २१ अल्ट्रा ल्याए पश्चात् एस सिरिज अन्तर्गतकै आफ्नो अघिल्लो मोडेल एस २० प्लसको मूल्य कम गरेको हो ।

गतमहिना सार्वजनिक गरिएको एस सिरिजका एस २१ प्लस र एस २१ अल्ट्रा अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि हालसम्म निकै रुचाइएको छ । 

कम्पनीका अनुसार एस २० प्लसको मूल्य १ लाख ४ हजार ९९९ रूपैयाँ रहेको थियो । यस फोनको मूल्य अफर दिएर १० हजार रूपैयाँ घटाएर अब यसको मूल्य ९४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यो अफर मार्च महिना अन्तसम्मको लागि सिमित गरिएको छ ।