२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङ एस २० प्लसको मूल्य घट्यो, अब ९४ हजार ९९९ रूपैयाँमा बिक्री



अ+ अ-

काठमाडौं । अग्रणी रहेको इलेक्ट्रोनिक कम्पनी सामसुङले एस २० प्लसको मूल्य घटाएर ९४ हजार ९९९ रूपैयाँमा बिक्री गर्ने भएको छ । नेपाली बजारमा एस सिरिज अन्तर्गत एस २१ प्लस र एस २१ अल्ट्रा ल्याए पश्चात् एस सिरिज अन्तर्गतकै आफ्नो अघिल्लो मोडेल एस २० प्लसको मूल्य कम गरेको हो ।

गतमहिना सार्वजनिक गरिएको एस सिरिजका एस २१ प्लस र एस २१ अल्ट्रा अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि हालसम्म निकै रुचाइएको छ । 

कम्पनीका अनुसार एस २० प्लसको मूल्य १ लाख ४ हजार ९९९ रूपैयाँ रहेको थियो । यस फोनको मूल्य अफर दिएर १० हजार रूपैयाँ घटाएर अब यसको मूल्य ९४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यो अफर मार्च महिना अन्तसम्मको लागि सिमित गरिएको छ ।