३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ः प्रदेशसभा बैठक चैत २ मा



अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बस्ने भनिएको बैठक विशेष कारणले मिति परिवर्तन गरिएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही फागुन २० गते अपराह्न १ः०० बजे बस्ने घोषणा गरिएको थियो । 
    
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अब अर्को बैठक आगामी चैत २ गते दिउँसो १२ः३० बस्ने सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । अधिवेशनको तेस्रो बैठकमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश गरिएको थियो । 

सो बैठकमा प्रदेशसभाका सभामुख भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोलाई नेपालको संविधानका धारा १८८ ९४४० तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९९१० बमोजिम दर्ता भएको प्रदेश मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियम १२९९४० बमोजिम पेश गर्ने अनुमति दिनुभएको थियो । रासस