२७ पुष २०८१, शनिबार
,
Latest
पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण भुक्तानी नदिँदा २ सय बढी काम समस्याग्रस्त भइसके, असारसम्म १५ सय बढी समस्यामा पर्छन्ः निर्माण… जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छः अध्यक्ष नेपाल बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छुः कमल थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिले पुटिनलाई भन्नुभयो– चीन र रुसले हस्तक्षेपको विरोध गर्नुपर्छ



अ+ अ-

एजेन्सी । चीनका राष्ट्रपति सि जिनपिङले बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुवै देशले ‘बाहिरी शक्तिहरू’ को हस्तक्षेपको विरोध गर्नुपर्ने बताउनुभएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बताएको छ ।

नयाँ चन्द्र वर्षको अवसरमा दुवै नेताबीचको टेलिफोन कुराकानीमा राष्ट्रपति सिले उक्त कुरा बताउनुभएको हो । बेइजिङ र मस्को कट्टर साझेदार हुन् र छिमेकी युक्रेनमा रुसको आक्रमणलाई लिएर धेरै मुलुकले विरोध गरे पनि उनीहरूले आफ्नो सम्बन्धलाई सुदृढ बनाएका छन् ।

दुवै पक्षले उच्चस्तरीय भ्रमणहरू र संवादको निरन्तर प्रवाहलाई कायम राखेका छन् र उनीहरूबीचको व्यापार सन् २०२३ मा कीर्तिमानी उचाइमा पुगेको छ ।

बिहीबार फोन वार्तामा सिले दुवै मुलुकले रणनीतिकरूपमा नजिकबाट सहयोग गर्नुपर्ने, आ–आफ्ना मुलुकको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्नुपर्ने र बाहिरी शक्तिहरूको आन्तरिक मामिलामा हस्तक्षेपहरूको दृढताका साथ विरोध गनुपर्ने बताउनुभएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले सिसँग चीन र रुसबीचको सम्बन्ध ‘अभूतपूर्वरूपमा उच्चस्तर’ मा रहेको बताउनुभएको क्रेमलिनको विज्ञप्तिमा उल्लेख छ । बेइजिङले युक्रेन युद्धमा आफू तटस्थ रहेको जोड दिँदै युद्धमा युक्रेनका सहयोगीहरूबाट आफ्नो अडानका लागि आलोचना गरेको छ ।

क्रेमलिनको विज्ञप्तिमा भनिएको छ, “एसिया–प्रशान्त क्षेत्रको स्थितिमाथिको छलफलमा रुसी राष्ट्रपतिले ताइवान मुद्दामा आफ्नो सैद्धान्तिक स्थिति पुष्टि गर्नुभयो, त्यो ‘एक चीन नीतिको समर्थन गर्नु’ हो ।”

सिसिटिभीको रिपोर्टअनुसार चिनियाँ राष्ट्रपति सिले चीन र रुसले ‘एकसाथ धेरै आँधीबेहरीको सामना गरेको’ बताउनुभयो । “अगाडि हेर्दा चीन–रुस सम्बन्धले विकासका नयाँ अवसरहरूको सामना गरिरहेको छ”, उहाँले भन्नुभयो ।