२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । तीन एकदिवसीय सिरिजअन्तर्गत क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि मैदान किर्तिपुरमा भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा अलआउट भयो । उसका लागि निकोलास किर्टोनले सर्वाधिक ६८ रन जोडे । ९९ बल खेलेका उनले ७ चौका प्रहार गरे । यस्तै पर्गात सिंहले पनि अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् । उनले ५८ बलमा ५० रन जोडे । हर्ष ठाकेरले ३२ र आरोन जोनसोनले २० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले चार विकेट लिए । यस्तै, ललित राजवंशीले दुई तथा रिजन ढकाल, सोमपाल कामी, पवन सर्राफ र कुशल मल्लले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २२४ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले ६२ रनको योगदान दिए । ५८ बल खेलेका उनले नौ चौका र एक छक्का प्रहार गरे । यस्तै, आरिफ शेखले ५० बलमा ३८, सोमपाल कामीले २३ बलमा २७, कुशल मल्लले ३२ बलमा २०, पवन सर्राफले ३४ बलमा १५, भिम सार्कीले २६ बलमा १७ रन जोड्दा सुर्य तामाङ १० रनमा अविजित रहे ।

बलिङतर्फ क्यानडाका उदय भगवानले ३, साद बिन जफर र इश्वरजोत सोहीले २–२ विकेट लिँदा शाहिद अहमदजाई र हर्ष ठाकेरले १–१ विकेट लिए ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । साथै, आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले क्यानडासँग खेल्न लागेको हो ।

क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।

नेपालले अब दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।