३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको नाममा हुटिङ गर्ने दर्शक मैदानबाट बाहिर



अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीचको खेल जारी रहँदा केहीबेर तनावको स्थिती सिर्जना हुन पुग्यो ।

बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएपछि तनाव उत्पन्न भएको हो ।

खेल जारी रहँदा दर्शकले सन्दीप लामिछानेको नाममा हुटिङ गरेका थिए । हुटिङ गर्नेमध्ये दुई जनालाई प्रहरीले मैदानबाट निकालेको छ ।

‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरी एक्शनमा उत्रिएको हो । दर्शकले बोकेका केही ब्यानर समेत प्रहरीले खोसेको छ ।

अहिले पहिलो इनिङ्स सकिँदा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।