२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको नाममा हुटिङ गर्ने दर्शक मैदानबाट बाहिर



अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीचको खेल जारी रहँदा केहीबेर तनावको स्थिती सिर्जना हुन पुग्यो ।

बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएपछि तनाव उत्पन्न भएको हो ।

खेल जारी रहँदा दर्शकले सन्दीप लामिछानेको नाममा हुटिङ गरेका थिए । हुटिङ गर्नेमध्ये दुई जनालाई प्रहरीले मैदानबाट निकालेको छ ।

‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरी एक्शनमा उत्रिएको हो । दर्शकले बोकेका केही ब्यानर समेत प्रहरीले खोसेको छ ।

अहिले पहिलो इनिङ्स सकिँदा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।