३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा दाहाल-नेपाल समूह निर्वाचन आयोग जाँदै



अ+ अ-

काठमाडौं । नेनिर्वाचन आयोगले नेकपा विवादबारे कुनै निर्णय नलिदा दाहाल-नेपाल समूह फेरि जाने भएको छ । बुधबार दाहाल-नेपाल समुहका केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गर्दै बिहीवार हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन लिएरआयोगमा जान लागेको हुन् ।

गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको दाहाल-नेपाल समूहलाई आयोगले कुनै निर्णय गरेको छैन । तर, ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–माधव समूह असन्तुष्ट छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा व्यावहारिक र राजनैतिक रुपमा विभाजित भएको छ । तर, आयोगले भने ५ पुसभन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको छ ।