२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलार्डले एकै ओभरमा छ छक्का हाने, श्रीलंका पराजित



अ+ अ-

सेन्ट जोन्सः वेस्ट इन्डिजका कप्तान काइरोन पोलार्डले बुधबार एकै ओभरमा छ छक्का हानेर आफ्नो टिमलाई विजयी बनाएका छन् ।

वेस्ट इन्डिजका कप्तान समेत रहेका पोलार्डको एकै ओभरमा छ छक्का हानेको यो पहिलो रेकर्ड हो । उनी एकै ओभरमा छ छक्का हिर्काउने विश्वमै तेस्रो खेलाडी बनेका छन् ।

यसअघि दक्षिण अफ्रिकाका हर्सल गिब्सले सन् २००७ को टी२० विश्वकपमा नेदरल्यान्ड्स विरुद्ध र भारतका युबराज सिंहले इङल्यान्ड विरुद्ध सन् २००७ को टी२० विश्वकपमा एकै ओभरमा छ छक्का बनाएको रेकर्ड छ ।

पोलार्डको धुँवाधार ब्याटिङ मद्दतले श्रीलंका विरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिज चार विकेटले विजयी भएको छ ।

यस खेलमा श्रीलंकाका अफ स्पिनर अकिला धनन्जयले एकै ओभरमा तीन विकेट लिएर ह्याट्रिक पूरा गरेका थिए ।

पोलार्डले ११ बलमा ३८ रन बनाएका थिए । श्रीलंकाले जितका लागि दिएको १३२ रनको चुनौती वेस्ट इन्डिजले १४औं ओभरमा पूरा गरेको थियो ।

जितपछि ३३ वर्षीय पोलार्डले आफूले तेस्रो छक्का हानेपछि अरु तीनवटा छक्का पनि हान्न सक्छु भन्ने अनुभूति भएको सुनाए ।

श्रीलंकाली कप्तान एन्जेलो म्याथ्युजले वेस्ट इन्डिजका खेलाडीको प्रशंसा गरेका थिए ।

वेस्ट इन्डिजका प्रारम्भिक जोडी इभिन लेविस र लेन्डल सिमोन्सले २० बलमै ५२ रन बनाएपछि वेस्ट इन्डिजले खेल सहजै जित्ने अनुमान गरिएको थियो ।

वेस्ट इन्डिजको टी२० मा २ वर्षपछि खेल्दै गरेका ४१ वर्षीय क्रिस गेलले खाता समेत खोल्न नपाई धनन्जयको बलमा एलबिडब्लु आउट भएका थिए । धनन्जयले एकै ओभरमा गेल र निकोलास पुरनलाई आउट गरेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले १३१ रन मात्र बनाएको थियो ।

दोस्रो र तेस्रो टी२० खेल मार्च ५ र ७ मा हुनेछ । यी दुईबीच तीनवटा एक दिवसीय तथा दुई वटा टेस्ट खेल हुनेछन् ।