३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलार्डले एकै ओभरमा छ छक्का हाने, श्रीलंका पराजित



अ+ अ-

सेन्ट जोन्सः वेस्ट इन्डिजका कप्तान काइरोन पोलार्डले बुधबार एकै ओभरमा छ छक्का हानेर आफ्नो टिमलाई विजयी बनाएका छन् ।

वेस्ट इन्डिजका कप्तान समेत रहेका पोलार्डको एकै ओभरमा छ छक्का हानेको यो पहिलो रेकर्ड हो । उनी एकै ओभरमा छ छक्का हिर्काउने विश्वमै तेस्रो खेलाडी बनेका छन् ।

यसअघि दक्षिण अफ्रिकाका हर्सल गिब्सले सन् २००७ को टी२० विश्वकपमा नेदरल्यान्ड्स विरुद्ध र भारतका युबराज सिंहले इङल्यान्ड विरुद्ध सन् २००७ को टी२० विश्वकपमा एकै ओभरमा छ छक्का बनाएको रेकर्ड छ ।

पोलार्डको धुँवाधार ब्याटिङ मद्दतले श्रीलंका विरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिज चार विकेटले विजयी भएको छ ।

यस खेलमा श्रीलंकाका अफ स्पिनर अकिला धनन्जयले एकै ओभरमा तीन विकेट लिएर ह्याट्रिक पूरा गरेका थिए ।

पोलार्डले ११ बलमा ३८ रन बनाएका थिए । श्रीलंकाले जितका लागि दिएको १३२ रनको चुनौती वेस्ट इन्डिजले १४औं ओभरमा पूरा गरेको थियो ।

जितपछि ३३ वर्षीय पोलार्डले आफूले तेस्रो छक्का हानेपछि अरु तीनवटा छक्का पनि हान्न सक्छु भन्ने अनुभूति भएको सुनाए ।

श्रीलंकाली कप्तान एन्जेलो म्याथ्युजले वेस्ट इन्डिजका खेलाडीको प्रशंसा गरेका थिए ।

वेस्ट इन्डिजका प्रारम्भिक जोडी इभिन लेविस र लेन्डल सिमोन्सले २० बलमै ५२ रन बनाएपछि वेस्ट इन्डिजले खेल सहजै जित्ने अनुमान गरिएको थियो ।

वेस्ट इन्डिजको टी२० मा २ वर्षपछि खेल्दै गरेका ४१ वर्षीय क्रिस गेलले खाता समेत खोल्न नपाई धनन्जयको बलमा एलबिडब्लु आउट भएका थिए । धनन्जयले एकै ओभरमा गेल र निकोलास पुरनलाई आउट गरेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले १३१ रन मात्र बनाएको थियो ।

दोस्रो र तेस्रो टी२० खेल मार्च ५ र ७ मा हुनेछ । यी दुईबीच तीनवटा एक दिवसीय तथा दुई वटा टेस्ट खेल हुनेछन् ।