२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे अधिवेशनमा संसदलाई बिजनेस कमी हुन नदिन काँग्रेस सांसदको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले चालु अधिवेशनमा धेरै भन्दा धेरै विधेयक ल्याउनुपर्ने बताउनु भयो । उहाँले संसद बिजनेसबिहीन भएर बस्नुपर्ने विगतको स्थिति दोहोरिन नदिन आग्रह गर्नुभयो । उहाँले सरकारले धेरै भन्दा धेरै बिजनेस संसदलाई दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अधिवशेनमा विधेयक धेरै ल्याउनुपर्नेछ । त्यसैले म सरकारलाई के अनुरोध गर्दछु भने वास्तवमा संसद बिजनेस नपाएर बस्ने गरेको छ । यो अधिवेशनमा बिजनेस नपाएर संसद खालि बस्न नपरोस् । सरकारले बिजनेस दिओस् ।’

सांसद पन्तले भ्रष्टाचारको अन्त्य नभइकन सुशासन कायम हुन नसक्ने बताउनु भयो ।