२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् सचिन दास ? तेन्दुलकरबाट प्रेरित नाम जसले यू–१९ विश्वकपमा तहल्का मच्चाइरहेका छन्



अ+ अ-

एजेन्सी । भारतीय टोलीका युवा ब्याट्सम्यान सचिन दासको चर्चा जताततै भइरहेको छ । किन नहोस्, यो युवा ब्याट्सम्यानले मंगलबार दक्षिण अफ्रिकाविरुद्ध शानदार इनिङ खेल्दै भारतलाई अन्डर–१९ विश्वकप २०२४ को फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

बेनोनीमा खेलिएको यू–१९ विश्वकप २०२४ को सेमिफाइनल खेलमा सचिन दासले दक्षिण अफ्रिकाविरुद्ध ९५ बलमा ११ चौका र एक छक्काको मद्दतले ९६ रन बनाएका थिए । उनले कप्तान उदय सहारनसँग पाँचौं विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गरे ।

सचिन क्रिजमा आउँदा भारतीय टोली ३२र४ को स्कोरमा संघर्ष गरिरहेको थियो । यहाँबाट उनले सहारनसँग उत्कृष्ट साझेदारी गरे र भारतीय टोली फाइनलमा पुग्न सफल भयो ।

सचिन महाराष्ट्रको बीडको मराठवाडा क्षेत्रका हुन् । २०२३ महाराष्ट्र प्रिमियर लिगमा केदार जाधवको नेतृत्वमा रहेको कोलकापुर टस्कर्सको प्रतिनिधित्व गर्दा दासले पहिचान पाए । यसपछि दासले यू–१९ विश्वकपमा नेपालविरुद्ध सुपर सिक्सको खेलमा शतक बनाएपछि चर्चामा आए ।

तर, दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा युवा धासले यो खेलमा आफू केही ठुलो गर्न आएको देखाए । निकै बुद्धिमानीपूर्वक आफ्नो इनिङ्स खेल्ने दासको चर्चा सर्वत्र भइरहेको छ ।

तेन्दुलकरबाट प्रेरित नाम
सचिन दासका पिता सञ्जयले आफू सुनील गावस्कर र सचिन तेन्दुलकरको ठूलो फ्यान भएको खुलासा गरेका छन् । सञ्जयले तेन्दुलकरबाट प्रेरित भएर छोराको नाम सचिन राखेको बताए । सञ्जय महाराष्ट्र सरकारको स्वास्थ्य विभागमा कार्यरत छन् । दासले पनि १० नम्बरको जर्सी लगाएका छन् किनभने उनी सचिन तेन्दुलकरको ठूलो फ्यान हुन् ।

‘म सुनिल गावस्करको ठूलो फ्यान हुँ, तर मैले मेरो छोराको नाम मेरो दोस्रो मन पर्ने सचिन तेन्दुलकरको नाममा राखेको छु । यो किनभने उनी तेन्दुलकरसँग सम्बन्धित हुन सक्छन् । अब यो पुस्ताले गावस्कर सरलाई के सोच्ने ? उनी तेन्दुलकरलाई धेरै सम्मान गर्ने भएकाले १० नम्बरको जर्सी लगाउँछन् ।’