५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास



अ+ अ-

काठमाडौँ : नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त तालिम ‘एक्स ब्यालेन्स नेल’ प्रारम्भ भएको छ । विसं २०६० देखि सञ्चालन हुँदै आएको तालिमकोे यो ४१औँ संस्करण हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त तालिममा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् छन् । उक्त तालिममा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायत विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा आगमी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मङ्गोलिया, इण्डोनेसियालगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय ‘शान्ति मिसन’ लगायत विषयमा संयुक्त अभ्यासमा सहभागी हुँदै आएको छ ।

संयुक्त अभ्यासका क्रममा आगामी फागुन ८ गतेदेखि २१ गतेसम्म  वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदैछ ।रासस