२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडासँगको सिरिज र लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । आउँदो साता क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

प्रशिक्षक मोन्टी देशाईले कप्तान रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका छन् । क्यानडाविरुद्ध सिरिजमा युवा खेलाडी र नयाँ अनुहार अटाएका छन् भने लिग–२ को लागि बलियो टोलीको घोषणा गरिएको छ ।

नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्दैछ । त्यस्तै फेब्रुअरी १५ देखि २४ सम्म नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच लिग–२ को पहिलो त्रिकोणात्मक सिरिज हुनेछ ।

क्यानडा सिरिजः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द, अनिल शाह

लिग–२ त्रिकोणात्मक सिरिजः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल

वैकल्पिकः प्रतिस जिसी, देव खनाल, अनिल शाह, विवेक यादव