१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

ऐतिहासिक कान्द्राङगढीको पुन:निर्माण अन्तिम चरणमा

ऐतिहासिक कान्द्राङगढीको पुन:निर्माण अन्तिम चरणमा
अ अ+ अ-

भरतपुर । चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुन:निर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुन:निर्माण गरेको हो ।

विभागका प्रमुख पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी थापाका अनुसार गढीको विस्तृत अध्ययनपश्चात् पुन:निर्माण गरिएको छ । निर्माण कम्पनीले काम सम्पन्न गरेको भए पनि केही त्रुटि भेटिएपछि सुधारका लागि केही समय दिइएको उहाँले जानकारी दिनुभयो । यही माघभित्र पुन:निर्माणको सबै काम सकिने उहाँले बताउनुभयो ।

“पहिला गढीको जस्तो स्वरुप थियो, त्यस्तै पुन:निर्माण गरेका छौँ”, थापाले भन्नुभयो, “सुख्खा पर्खालमा चुन र इँटाको धुलो प्रयोग गरिएको छ ।” उहाँले ठूलो गढीसँगै सानो गढी र पञ्चकन्य मन्दिर रहेको भन्दै त्यसको पुन:निर्माणका लागि बजेट प्रस्ताव गरिएको बताउनुभयो । उहाँले सो क्षेत्रमा तीन वटा गुफा रहेको भन्दै त्यस क्षेत्रको बृहत् अध्ययन आवश्यक रहेको बताउनुभयो ।

चितवन र धादिङको सीमा क्षेत्रमा रहेको यो गढी राप्ती नगरपालिका–१३ मा पर्छ । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार गढीमा पर्खाल निर्माण, मर्मत र उत्खननका काम गरिएको छ । त्यहाँ भएका संरचनालाई संरक्षण गर्दै व्यवस्थित गर्ने काम गरिएको उहाँले बताउनुभयो ।

“गढीमा भग्नावशेष संरचना पुरानै आकारमा छन्, त्यसलाई जुन वस्तुशैलीमा छन् त्यस्तै बनाएका छौँ”, प्रमुख लामाले भन्नुभयो । गढीको संरक्षणका लागि नगरपालिकाले सडक निर्माण र अन्य व्यवस्थापनका काम गर्ने उहाँले जानकारी दिनुभयो ।

“प्रारम्भिक कामका रुपमा जीर्णोद्धार गरिएको छ”, प्रमुख लामाले भन्नुभयो, “त्यसपछि आवश्यकताका आधारमा अन्य संरचना निर्माण गरिनेछ ।” ऐतिहासिक किल्ला भएका कारण यसको संरक्षणमा नगरपालिकाले प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

“नियमित स्थलगतरुपमा निरीक्षण गरेका छौँ, यहाँ पर्यटनको प्रचुर सम्भावना छ”, नगरप्रमुख लामाले भन्नुभयो । उहाँले त्यस क्षेत्रमा रहेको कैलाश पर्वत (सोलीघोप्टे पहाड) मा तान्द्राङदेखि केबलकार निर्माणका लागि अध्ययनको तयारी भइरहेको जानकारी दिनुभयो ।

गढी पुन:निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर सन्तोष श्रेष्ठले पुरातत्व विभागमार्फत २०८० साल जेठ १६ गते सम्झौता गरेर काम गरिएको बताउनुभयो । उहाँका अनुसार सम्झौताको म्याद पुस १५ मा सकिएको छ । “डेढ महिनाका लागि विभागबाट समय दिनुभएको छ”, उहाँले भन्नुभयो, “माघ महिनाभित्र सबै काम सम्पन्न गर्छौं ।” तीन सय २२ मिटर क्षेत्रफलमा फैलिएको गढी रु ३५ लाखमा बजेटमा पुन:निर्माणको काम गरिएको उहाँले बताउनुभयो ।

कान्द्राङगढीमा सेनकालीन समयमा निर्माण गएिको र त्यतिबेला राज्यको सुरक्षाका लागि बनाइएका संरचना छन् । लिखितरुपमा ऐतिहासिक तथ्य नभए पनि वस्तुशैली हेर्दा पृथ्वीनारायण शाहले विभिन्न राज्य आक्रमण गर्दा चितवन र मकवानपुर निस्कने नाकाका रुपमा यस गढीलाई प्रयोग गरेको स्थानीयवासी बताउँछन् । राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले कान्द्राङगढी संरक्षणको अभावमा जीर्ण बनेको भन्दै यसको संरक्षणमा जुटेको बताउनुभयो । “यो पुर्खाले धेरै मेहनतका साथ निर्माण गरेको गढी हो, यसको महत्व भविष्यका सन्ततिका लागि झन बढ्नेछ”, उहाँले भन्नुभयो ।

गढीको सुरक्षाका लागि प्रहरीचौकी स्थापना गर्नुपर्ने बताउँदै वडाध्यक्ष प्रजाले त्यसका लागि पहल भइरहेको जानकारी दिनुभयो । “गढीको संरक्षण गर्दै यहाँ पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “घुम्न आउनेलाई खाने बस्ने ठाउँको व्यवस्था गर्ने योजना बनाएका छौँ ।”

स्थानीय इन्द्रबहादुर चेपाङले ५६ दिनदेखि नियमितरुपमा गढी पुन:निर्माणमा खटिएको बताउनुभयो । उहाँले ढुङ्गा र पानी बोकेर गढी निर्माण गरिरहेको बताउनुभयो ।

राप्ती नगरपालिका–१३ हर्राबिसौनीस्थित राष्ट्रिय आधारभूत विद्यालय हर्राबिसौनीका शिक्षक ईश्वर रिजाल यो ठाउँ पहिलेको मुख्य भन्सार र आर्मी बस्ने ठाउँ रहेको बताउनुभयो । “अङ्ग्रेजसँग युद्ध हुँदा लडेको ठाउँ हो यो”, उहाँले भन्नुभयो, “गढीको पुन:निर्माणपछि यसलाई पर्यटकीयस्थल बनाउनुपर्छ ।” पानी नहुँदा पनि यस क्षेत्रमा तरकारीखेती राम्रो हुने भन्दै उहाँले यहाँका चेपाङ समुदायको जीवनस्तर सुधार्न गढीले सहयोग पुर्‍याउने बताउनुभयो ।

ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकको पालामा निर्माण भएको जनविश्वास रहेको छ । समुद्र सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको गढीबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभाग सजिलैसँग देख्न सकिन्छ । तत्कालीन सेन शासकले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुनसक्ने जनविश्वास छ ।

तत्कालीन सेन वंशको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकमा उल्लेख गरेको पाइन्छ । कान्द्राङ गढीलाई संरक्षण र प्रचारप्रसार गर्नसके पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने चेपाङ समुदायको संरक्षणका क्षेत्रमा गर्दै आउनुभएका केपीकिरण शर्माले बताउनुभयो । ठूलो मुख्य गढी ५०र६० जना अटाउने र सानो सहायक गढी उत्तरपट्टि छ । गढी वरपरका केही सुरुङबाट तातो बाफ आउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

कान्द्राङगढी पूर्वपश्चिम राजमार्गको भण्डाराबाट ४२ किमीको दूरीमा पर्छ । यस्तै धादिङको मलेखुबाट २२ किमीको यात्रापछि गढीसम्म पुग्न सकिन्छ । भण्डारा–मलेखु चेपाङ मार्गबाट एक किमीको दूरीमा कान्द्राङगढी पर्दछ । रासस