काठमाडौं । ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनी माघ १० गतेदेखि नेपालय होम होस्टलमा बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानमा कुनै शंकास्पद कारण नदेखिएको र उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको पाईएको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।










