३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

म प्रधानमन्त्रीको दौडमा छैन, चुनावमा जनताले दिएको म्याण्डेड अनुसार चल्छु : देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवासमा एक पुस्तकको  विमोचन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् । 

चुनावमा जनताले दिएको म्याण्डेड अनुसार आफ प्रधानमन्त्री बन्न नचाहेको देउवाले दाबी गरे । ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने हो,’ उनले भने, ‘विपक्षी दलको नेता प्राइम मिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच छैन । मलाई यसमा लाग्नुपनि छैन ।’

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भएपनि कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।