३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन अन्तिममा गर्ने तयारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन अन्तिमतिर गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै फागुन २९ मा अध्यक्षको निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको छ ।

राष्ट्रिय सभाको सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसद बिदा हुँदैछन् ।

गत माघ ११ गते रिक्त १९ सदस्यका लागि निर्वाचन भइसकेको छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । जसमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा भइसकेको छ ।

राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।