२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार आरोपमा पूर्वसई पक्राउ



अ+ अ-

काठमाडौं । बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वसई अनिरुद्र यादव रहेका छन् ।

पुस १७ गते कोठामा आएर जबरजस्तीकरणी गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

आमा घरमा नभएका बेला बेलुकी ८ बजेतिर कोठामा आएको र आमालाई एसिड छ्यापेर कुरुप बनाइदिन्छु भन्दै धम्की दिएर करणी गरेको पीडितले जाहोरीमा भनेकी छन् ।

घटना भएको दोस्रो दिन पनि बन्दुक देखाएर पुन: करणी गरेको पीडितले बताएकी छिन् । पूर्व सई यादवले भने इन्कारी बयान दिएका प्रहरीले जनाएको छ ।

यसबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।