१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली कुहिएको अण्डा हुन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपि ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले कम्युनिष्टबारे बोल्दै ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका हुन् । 

दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। ‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ। हामी स्वस्थवर्दक जीवनशील तत्व हो,’ दाहालले भने।  

कुहिएको बिग्रेका कम्युनिष्ट आन्दोलनबारे दाहालले माउत्सेतुङले गरेको व्याख्या विश्लेषण सम्झाए।

‘एकचोटि माउत्सेतुङले बिग्रेका कम्युनिष्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो। अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ। धेरै चिज प्राप्त हुन्छ। तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन,’ दाहालले भने, ‘कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो केही पनि हुँदैन। अहिले केपी ओली कुहिएको अण्डा हो।’    

उनले नेत्रविक्रम चन्द अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाइ दिए।

‘मैले नेतृत्व गरेको पार्टी र आन्दोलनमा विभिन्न कालखण्डमा कन्फ्युजन भयो। विभिन्न शक्तिहरूले चलखेल गरेर साथीहरू अलग भए,’ उनले भने, ‘उहाँ पनि यही लाइन र यही टिममा आउनैपर्छ, छिट्टै अर्को यस्तै कार्यक्रममा स्वागत गर्ने प्रतिक्षा रहेको घोषणा गर्दछु।’