१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाका घाइतेलाई प्रदेश २ प्रमुख अहिराजले उद्धार गरी अस्पताल पुर्याए



अ+ अ-

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सवारी दुर्घटनामा परी घाइते भएका चालकलाई अस्पताल पुर्याएका छन् । शनिवार कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई डा अहिराजले अस्पताल पुर्याउनु भएको हो ।

छिन्चु सडकखण्डमा मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो । मिनिट्रकका चालक शेरबहादुर सिंह घाइते भएका थिए । 

प्रदेश २ का प्रमुख डा.अहिराज कर्णाली प्रदेश भ्रमणमा रहेकाले दुर्घटनामा घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिक कलेज दशबिघामा भर्ना गराउनु भएको हो ।

प्रदेश प्रमुख डा. अहिराजले आफ्नै गाडीमा राखेर आफूले नै अस्पताल पुर्‍याएको प्रहरीले बताउनुभयो । उहाँका अनुसार घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमासमेत चोटपटक लागेको छ ।