११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको कुम्लेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । रासस