२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय कराते च्याम्पियनसिपमा पुलिसका इलोनलाई स्वर्ण



अ+ अ-

काठमाडौँ । नेपाल पुलिस क्लवका इलोन श्रेष्ठ र वागमती प्रदेशकी पुष्पका लामाले कृष्णप्रसाद भट्टराई स्मृति तेस्रो राष्ट्रिय कराते च्याम्पियनसिपमा शुक्रवार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको कुमुतेतर्पm ५५ केजी तौलसमूहमा इलोनले पुरुषमा र पुष्पकाले महिलामा स्वर्ण जितेका हुन् । इलोनले फाइनलमा मधेसका रितिक लामालाई हराए । यस तौलसमूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र नेपाल आर्मीका रमेश बुलनले कांस्य पदक जिते । यसै तौलसमूहमा महिलातर्पm पुष्पकाले फाइनलमा एपिएफकी निमा तामाङलाई हराइन् । पुलिसकी जया कार्की र आर्मीकी सुनिता सुनारले काँस्य पदक जिते ।

कुमुतेतर्पm नै पुरुष ५० केजी तौलसमूहमा वागमतीका साइमन श्रेष्ठले फाइनलमा पुलिसका साजन मोक्तानलाई हराउँदै स्वर्ण जिते । सशस्त्र प्रहरी बलको एपिएफ क्लवका निसान घले र सुदूरपश्चिम प्रदेशका आनन्द कामीले काँस्य पदकमा चित्त बुझाए । सिनियर कुमुतेको पुरुष ६० केजीमान एपिएफका मीनबहादुर तामाङले स्वर्ण जिते । उनले फाइनलमा लुम्बिनी प्रदेशका सुनिल समाललाई हराए । पुलिसका अंकित गुरुङ र सुदूरपश्चिमका अर्जुन थापाले काँस्य पदक प्राप्त गरे ।

सिनियर महिलातर्पm ६८ केजी तौलसमूहमा पुलिसकी रोजित ढुंगेलले स्वर्ण पदक जितिन् । उनले फाइनलमा कोशी प्रदेशकी युमसम राईलाई हराउँदै यो सफलता प्राप्त गरिन् । लुम्बिनीकी रक्षा शाही ठकुरी र वागमतीकी आसिका राईले काँस्य पदकमा चित्त बुझाए । हालसम्म कुल १० पदकमा छिनोफानो हुँदा पुलिसले सात स्वर्ण पदकसहित अग्रता बनाएको छ । वागमती प्रदेशले दुई स्वर्ण र एपिएफले एक स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा १७ स्वर्ण पदकका लागि छिनोफानो हुँदैछ । —न्युज एजेन्सी नेपाल