१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

बद्रि पंगेनी र शान्ती भण्डारीको ‘चोली फेर्ने माया’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । बद्री पंगेनी र शान्ती भण्डारीको स्वरमा रहेको चोली फेर्ने मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक समारोहमा बोल्दै गायक बद्रि पंगेनीले आजभोलि गीत नहेर्ने, शेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दु:ख व्यक्त गर्नुभयो ।

उहाँले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गर्नुभयो । कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताउनु भयो । लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारहरुबाट भरिपूर्ण र भाग्यमानी गीत भएको बताउनु भयो । गीतमा शिव हमालको शब्द रचना र संगीत रहेको छ ।