१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला



अ+ अ-

चितवन । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने ÷नजाने विषय महत्वपूर्ण नभएको बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पार्नुभयो । 
 
सरकार बनाउन साथ दिने जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकारसँग भएका तीनबँुदे सहमति कार्यान्वयनपछि अरु कुरा खुल्दै जान्छ ।” उहाँले संसदीय व्यवस्थामा देखिएका समस्या समाधान गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने गरी सरकार निर्माणमा सहयोग गर्ने पार्टीको नीति रहेको जानकारी दिनुभयो । 
 
उहाँले भन्नुभयो, “हामी सरकारमा नजाने भन्ने होइन । संसदीय व्यवस्थामा देखिएका समस्यालाई समाधान गरेर वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्ने गरेर सरकारलाई सहयोग गर्ने हो ।” सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै देशको विकासमा सबै दललाई एकताबद्ध गरेर अघि बढाउने उहाँको भनाइ थियो । 
 
सरकारसँग गरिएको सहमति प्रारम्भिक कुरा भएको उहाँले बताउनुभयो । पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा, पार्टीका कार्यकर्ता रिहा  र नेकपाले देशको राजनीतिक समस्यालाई शान्तिपूर्णरुपमा छलफलका माध्यमबाट समाधान गर्ने विषयमा मात्रै सहमति गरेको नेता बाँस्तोलाको भनाइ थियो । 
 
उहाँले भन्नुभयो, “नेता कार्यकर्ता रिहाइको प्रक्रिया शुरु भएको छ । अब हाम्रो छलफल देशको राजनीतिक समस्या, आर्थिक समस्यालाई समाधान गर्ने विषयमा चल्छ ।” आफूसँग देशको समस्या समाधानका लागि बृहत् खाका रहेको उहाँले दाबी गर्नुभयो । 
 
आफ्ना नेता कार्यकर्तासँग हतियार नरहेको जनाउँदै उहाँले राजनीतिक दललाई त्यस विषयमा नआत्तिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग हतियार छैन । यस विषयमा कोही आत्तिनुपर्दैन ।”