१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधिकारिता दाबी गर्दै दाहाल-नेपाल समूहले बुझायो संसद् सचिवालयलाई पत्र



अ+ अ-

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले आफूहरु आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ । आइतवार दाहाल–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ ।

शुक्रबार ११५ सांसदको उपस्थितिमा बैठक बसेर प्रचण्डलाई दलको नेता चयन गरेको यो समूहको दावी छ । सांसद्हरु महासचिव गौतमलाई दलको नेतामा दाहाललाई चयन गरिएको र आधिकारिक पार्टी रहेको जानकारी दिन महासचिवको कार्यकक्षमा पुगेका हुन् ।

पत्र दर्ता गर्ने/नगर्ने भन्‍ने विषयमा छलफल भइरहेको छ ।