३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषि कट्टेलले भने : ‘ओली–प्रचण्डलाई धन्यवाद’



अ+ अ-

काठमाडौं । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षलाई ऋषि कट्टेलले धन्यवाद दिएका छन् । नेकपा विवादमा सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला गरेसंगै उनिहरुलाई धन्यवाद दिएका हुन् । 

ओली–प्रचडलाई पहिल्यै नाम नजुधाउन आग्रह गर्दा उनीहरुले नमानेको भन्दै तर अहिले न्याय पाएको कट्टेलले प्रतिक्रिया दिए ।

‘मैले पहिल्यै नाम नजुधाउनु भनेको थिएँ, जुधाए । मलाई जर्बजस्ती पेल्न खोजेका थिए । तर, सर्वोच्चले खारेज गरिदियो । मलाई त चित्त बुझ्ने नै भयो’, खुसी हुदै कट्टेलले रातोपाटीसँग भने, ‘उनीहरुले पनि निकास पाए, सास फेरे ठिकै भयो ।’

उनले ३ बर्षसम्म आफ्नो पार्टीको प्रचार गरिदिएकोमा ओली प्रचण्डलाई धन्यवाद दिए ।

‘मलाई त धेरै फाइदा भयो नि । नाम राखेदेखि सवै मिडियाले कोअपरेट पनि गरिदिए । तर अहिले सरकार पक्ष हार्यो । राष्ट्रिय विषय बन्यो । हाम्रो पार्टीलाई देशभरका मान्छेले चिन्ने मौका पाए । हाम्रै प्रचार गरिदिए,’ कट्टेलको भनाइ छ ।