• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस्

वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा मिस्टिक माउण्टेन नगरकोटमा शनिबार ‘सांगितिक साँझ’



भक्तपुर । चर्चित र वरिष्ठ गायक दीप श्रेष्ठ भोलि माघ २० गते शनिबार राजधानीदेखि २६ किलोमिटर पर नगरकोटमा गएर साँझ गाउने छन…‘म त दुरदेखि आँए, तिम्रो नाम बोकेर, सम्वोधन गर्दा गर्दै गई गयो छोडेर..’ अनि गाउने छन..‘कति कमजोर रहेछ मेरो भाग्य, तिम्रो सिंउँदो कोर्न सकिन’ ..त्यसैगरि ‘हर रात सपनीमा ऐंठन हुन्छ, गाउँमा शायद पहिरो गयो कि ?’ यस्तैयस्तै सुमधुर गीत संगीतले शनिबारको साँझ नगरकोटको डाँडा गुञ्जायमान हुनेछ ।

किनकी प्रमुख पर्यटकिय स्थल नगरकोटको इतिहासमै पहिलोपटक चारतारे स्तरको होटेल मिस्टिक माउण्टेनले तिनै चर्चित वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा ‘दिप श्रेष्ठ सम्मान र सांगितिक साँझ’ आयोजना गर्न लागेको छ । जहाँ उनले आफ्नो जमानाका चर्चित गीतहरु स्रोतासामु पस्कने छन् ।

नेपाली गीत संगीत र चर्चित गायकहरुलाई बेलैमा सम्मान गर्नु पर्यटन र होटेल व्यवसायीको पनि दायीत्व भएकोले होटेल मिस्टिक माउण्टेनले नगरकोटको इतिहासमै पहिलोपल्ट यस्तो कार्यक्रम आयोजना गर्न लागेको होटेलकी वजार तथा विक्री प्रवन्धक अमिता श्रेष्ठले भनीन् । ‘हामीले कसैसंग स्पोन्सर नमागी आफ्ना नियमित र नयाँ ग्राहकहरुलाई एउटा प्याकेज बनाएर यो कार्यक्रम गरेका हौं’, श्रेष्ठले भनीन् ।

भोलि आयोजना हुन लागेको ‘दिप श्रेष्ठ सम्मान र सांगितिक साँझ’को लाग होटेलका ७२ कोठामध्ये ५० वटा कोठा बुकिङ्ग भईसकेको र बाँकी कोठाहरु शुक्रबार बुकिङ्ग हुने उनले बताँइन् ।

होटेलमा रात बिताउन नचाहने संगीतप्रेमीहरुका लागि पनि नास्ता र रातको खानासहितको छुट्टै प्याकेजको व्यवस्था गरिएको छ ।

सांगितिक साँझको टिकट विक्रीबाट उठेको रकममा केही रकम थपेर वरिष्ठ गायक दीप श्रेष्ठ र उनको सांगितिक समुहलाई प्रदान गरिने होटेल व्यवस्थापनले जनाएको छ । यसको लागि सम्पुर्ण खर्च होटेल व्यवस्थापन आफैंले गरेको छ भने अन्य कुनै प्रायोजकहरुसंग कार्यक्रमको स्पोन्सर गर्न लगाएको छैन ।

नेपालका चर्चित गायक तथा कलाकारहरुलाई अन्य पर्यटकियस्थल र तीसंग सम्वन्धित व्यवसायीहरुले पनि भविष्यमा सम्मान गर्न शुरु गरुन् भनेर नगरकोटमा पहिलोपल्ट यस्तो सांगितिक कार्यक्रम आयोजना गर्न लागिएको होटेल व्यवस्थापनको दावी छ ।