१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैसलापछि सरकार अल्पमतको, सांसद एमाले र माओवादीका !



अ+ अ-

काठमाडौं । आज सर्वोच्च अदालतले नेकपाको नाम वर्तमान सत्तारुढ दललाई नदिएर खारेज गरिदिएपछि सत्तारुढ दलमै अनेक अप्ठेरा देखिएका छन् । हुनत यो फैसला एकजना निवेदकका नाममा आएको छ तर पनि यसले समग्र मुलुकको राजनीतिक प्रक्रियालाई नै प्रत्यक्षरुपमा प्रभावित पारेको छ । 

हाल नेकपाको सरकार थियो तर अब त्यस्तो रहँदैन । किनभने यो सरकार पूर्व एमालेको हुन्छ र जसलाई पूर्व माओवादीको समर्थन थियो । किनभने यो फैसलाले पूर्व एमाले र पूर्व माओवादीको अवस्थामा अर्थात् विसं २०७५ जेठ २ गते पुर्याइदिएको छ । 

त्यसैले अहिले संसदमा रहेका सांसदहरु पनि नेकपाका नरहेर नेकपा एमालेका र नेकपा माओवादीका रहन पुगेका छन् । जस्तो कि यो फैसला यी दुई दलको एकीकारणको अघि पुगेपछि यसले नेकपा एमाले र एमाओवादीको अवस्था दिलाएको छ ।

यो फैसलापछि वर्तमान सरकार संविधानको धारा ७६ ९२० बमोजिमको बन्न पुगेको छ । त्यो भनेको कुनै एक दलको सरकार नभएर स्पष्ट बहुमत नरहेको कुनै दललाई अर्कोले समर्थन दिएको सरकारको हैसितमा पुगेको छ । अर्थात् यो सरकारको हैसियत अब यस्तो भयो कि नेकपा एमालेलाई एमाओवादीले सरकारको समर्थन दिएको छ, अर्थात् दुई पार्टी मिलेर सरकार बनाएका छन् । 

त्यसैले यो सरकारप्रति समर्थन छैन भनेर एमाओवादीले समर्थन फिर्ता गर्यो भने यो सरकार अल्पमतमा पर्नेछ र यसले अरु कुनै दलको समर्थन लिएर सरकार बनाउनुपर्नेछ । 

अनि यसरी बनेको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ । अबको अर्को खतरा भनेको एमालेका अध्यक्षको हैसियतले एमालेप पार्टीका तर्फबाट अर्थात् सूर्य चिन्हबाट उठेका सांसदहरुलाई पार्टीको हित विपरीत काम गरेको भन्दै कारबाही गर्न सक्ने अवस्था  आउन पनि सक्छ । 

यदि त्यसो भयो भने उनको निसानामा एमाले नेताहरु माधव नेपाल, झलनाथ खनालसहितका नेताहरु पर्न सक्छन् । अनि यदि त्यस्तै प्रकृतिको नक्कल उता प्रचण्डले पनि गर्न सक्ने खतरा रहन्छ । 

यदि त्यसो भयो भने प्रचण्डाको निसानामा गृहमन्त्री बादल र लेखराज भट्टहरु अर्थात् पूर्व एमाओवादीका नेताहरु पर्न सक्छन् । यो फैसलाले निर्वाचन आयोगलाई भने झन् अप्ठेरो पर्ने देखिएको छ ।अब निर्वाचन आयोगले दल दर्ताका लागि नयाँ नाम माग्न सक्छ र त्यसका लागि अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डलाई पत्राचार गर्नुपर्नेछ ।