२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

‘भाषणले महिला दिवसको सान्दर्भिकता झल्काउन सक्दैन’

‘भाषणले महिला दिवसको सान्दर्भिकता झल्काउन सक्दैन’
अ अ+ अ-

भजनी । कैलालीको टीकापुर नगरपालिका- १, गणेशपुर शिविरकी कल्पना चौधरीलाई महिला दिवसको जानकारी नै छैन । यस्ता दिवस कहिले आउँछन् ? कसले मनाउँछन् ? कहिले सकिन्छन् ? उहाँलाई यस्ता दिवसले कहिल्यै छोएको पनि छैन । शिविरको बास, पाँच जनाको परिवारको गुजाराका लागि उहाँ सात वर्षदेखि ‘इलेक्ट्रिक मेकानिक’को काम गर्दै आउनुभएको छ । श्रीमानबाट काम सिक्नुभएकी उहाँलाई यस्ता दिवसमा जाने फुर्सद पनि छैन । श्रीमान् र कल्पनासँगै काम गर्नुहुन्छ । 
      
“अहिलेसम्म नारी दिवसको कार्यक्रममा एकपटक गएकी थिएँ । त्यसपछि कहिले नारी दिवस पर्छ ? त्यो पनि थाह छैन ।” उहाँले भन्नुभयो, “काम नगरी खान पुग्दैन । खानाका लागि काम गर्नैपर्छ । कार्यक्रममा जाने फर्सद पनि हुँदैन ।” उहाँले यस्ता कार्यक्रम तामझाम साथ गर्नुभन्दा पिछडिएका महिलाको जीवनस्तर उकास्नका लागि खर्च गर्नसके ठूलो मद्दत हुनसक्ने जनाउँदै वास्तविक समाजबाट प्रताडित महिलालाई यस्ता दिवस र कार्यक्रमले अझै छुन नसकेको बताउनुभयो । “बरु, महिलालाई तालीम, सहुलियतमा ऋण उपलब्ध र उत्पीडनमा परेका महिलालाई न्याय दिने काममा महिला अगुवा लागे राम्रो होला”, उहाँले भन्नुभयो, “तामझामका साथ हुने कार्यक्रम, बोल्ने भाषणले महिला दिवसको सान्दर्भिकता झल्काउन सक्दैन ।”
    
टीकापुर- १, एकतानगर शिविरकी सीता विक एक होटलमा काम गर्दै आउनुभएको छ । उहाँलाई महिला दिवस के हो रु त्यो पनि थाह छैन । दिनभर कमाएको पैसाले घर परिवार पाल्नुपर्ने उहाँको बाध्यता छ । उहाँको पीडा अहिलेसम्मका महिला दिवसले मेटाउन सकेको छैन । उहाँ मासिक पाँच हजारका लागि दिनभर भाँडा माँझ्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “महिला दिवस भनेर नाम सुनेकी छुँ । त्यसको वास्तविकता बुझेकी छैन”, उहाँले भन्नुभयो, “हामीलाई बुझेर पनि काम छैन । काम नगरी खान पुगेकालाई नारी दिवसले छोएको होला ।” उहाँले सरकारले नारी दिवस मनाइरहँदा पीडामा रहेका नारीको उद्धार नहुने भन्दै त्यसका लागि पीडित नारी लक्षित कार्यक्रम ल्याउनसके घाउमा मल्हम लगाएको महसुस गर्न सकिने बताउनुभयो ।
      
शक्तिनगर शिविरको रामकुमारी डगौराको अवस्था पनि उस्तै छ । उहाँलाई नारी दिवसका बारेमा थाहै छैन । सात वर्षको उमेरमा अरुको घरमा काम गर्न थाल्नुभएकी उहाँ अहिले टीकापुरमा खाजा पसल सञ्चालन गर्दै आउनुभएको छ । बिहानको समयमा स्थानीय पत्रिका वितरणको काम पनि उहाँले गर्दै आउनुभएको छ । पहिलाको ज्याला मजदूरी र पत्रिका वितरणबाट आएको पैसा लगानी गरेर खाजा पसल सञ्चालन गरेको उहाँ बताउनुहुन्छ । “हुने खानेका लागि दिवस, सभासमारोह हुन्छन् होला । हाम्रा लागि त यही काम प्यारो छ ।” रामकुमारीले भन्नुभयो, “नत हामीलाई कसैले यस्ता अवसरमा खबर गर्छन्, नत कोही सान्त्वना दिन नै आउछन् । आफ्नो काम नगरी खान पुग्दैन ।” सानै उमेरमा अर्काको घरमा काम गर्नुको पीडा र दैनिक मजदूरी गरेर घर चलाउनेको पीडामा नारी दिवसले कुनै फरक नपार्ने उहाँको भनाइ रहेको छ । उहाँले दिनभर आदर्शका कुरा गर्नेले नै श्रम शोषणको काम गर्दै आएको जनाउँदै उत्पीडित नारीको उत्पीडनका पक्षमा बोल्ने धेरै र काम गर्ने कोही नभएको बताउनुभयो  ।
     
कल्पना, सीता र रामकुमारी यसका सानो उदाहरण मात्र हुन् । वास्तविक उत्पीडनमा परेका नारीलाई महिला दिवसले छुन नसकेका थुप्रै उदाहरण छन् । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले आज १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा थुप्रै कार्यक्रम आयोजना गरिएका छन् । केही सामाजिक अगुवा भने कार्यक्रम गर्नु नराम्रो नभएको भए पनि वास्तविक उत्पीडनमा परेका नारीका पक्षमा रहेर नारी दिवस मनाउँदा त्यसको परिणाम सकारात्मक आउने पक्षमा देखिन्छन् । रासस