२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा



अ+ अ-

कास्की । चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो । चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर तामाङले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भएका उनले रु १० हजार पुरस्कार पाए ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले आक्रामक खेल खेल्यो । पुलिस क्लबले भने पाएको अवसरको फाइदा उठाउन सकेन । चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

पुलिस क्लब र चर्च ब्वाइज अघिल्लो संस्करणदेखी आहा रारामा सहभागी भएका हुन् । अघिल्लो पटक प्रिक्वाटर फाइनलमा यी दुवै टोली भिडेका थिए । त्यसबेला पनि चर्च ब्वाइजले २–१ गोलले खेल जितेको थियो । चर्च ब्वाइज अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । पुलिस क्लबले भने क्याराभान गोल्डकपसहित हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल थ्रिस्टार क्लब र जावालखेल क्लबकाबीच हुने आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्ने छ ।