८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग

सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
फाइल तस्वीर
अ+ अ-

पर्सा। नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ ।

अस्पतालले आज विज्ञप्ति जारी गर्दै उक्त दिनको सिसिटिभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो ।

शनिबार वीरगञ्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुत पनि पटेलको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

पटेलको मृत्यु पश्चात् अस्पताल प्रशासन र पीडित पक्षबीच सम्वाद र छलफल हुँदै गर्दाको अवस्थामा केही अराजक व्यक्तिहरूबाट अस्पतालको भौतिक संरचना तोडफोड गर्नुका साथै चिकित्सकमाथि आक्रमण गरेपछि सृजना भएको घटनाका बारेमा छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै आकस्मिक विभागमा कार्यरत डा रामलाई मरनासन्न हुने गरी कुटपिट गरेको जनाउँदै हाल उहाँको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त घटनापश्चात् अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी मानसिक र शारीरिक रूपमा भयभित भई सेवा प्रवाह गर्न सक्षमता नदेखाइरहेकाले अस्पतालको सम्पूर्ण विभागको सेवा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आज घण्टाघरमा प्रदर्शन पनि गरेका छन् । रासस