२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अनुपस्थित भएपछि स्थगित भयो संसदीय समिति



अ+ अ-

काठमाडौँ । मन्त्री उपस्थित हुन नसकेपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।

मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा अनुपस्थित भएसँगै स्थगित गरिएको हो ।

बैठकमा विधेयक सम्बन्धमा छलफल गर्न संसद नियमावलीमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार समितिमा छलफलका लागि आमन्त्रित सांसद रघुजी पन्तले मन्त्रीको उपस्थिति बिना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति भानुभक्त जोशीलाई ध्यानाकर्षण गराउनुभएको थियो । समिति सभापतिलाई सांसद पन्तले संसद नियमावलीको १७८ को दफा ४ हेर्न आग्रह गर्नुभएको थियो ।

उहाँले मन्त्री बिना समिति बैठक चल्न नसक्ने अडान लिएसँगै सभापति जोशीले सञ्चारमन्त्री अस्वस्थ भएको कारण बैठकमा उपस्थिति हुन नसक्ने जानकारी गराउँदै बैठक स्थगित भएको सांसदहरुलाई जानकारी गराउनु भयो । प्रतिनिधि सभा नियमावली २०७९ को १७८ को (४) मा समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था छ । अन्य कार्यसूचिमाथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ ।