२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो टेस्टअघि भारतलाई दुई ठूला झट्काः जडेजा र राहुल चोटका कारण बाहिर



अ+ अ-

एजेन्सी । इङ्ल्यान्डविरुद्ध फेब्रुअरी २ बाट सुरु हुने दोस्रो टेष्ट खेलअघि भारतीय टोलीलाई दुई ठूलो झट्का लागेको छ । बायाँ हाते स्पिन अलराउन्डर रविन्द्र जडेजा र ब्याट्सम्यान केएल राहुल चोटका कारण बाहिर भएका छन् ।

चयनकर्ताहरूले सौरभ कुमार, सरफराज खान र वाशिंगटन सुन्दरलाई टोलीमा समावेश गर्ने निर्णय गरेका छन् । पाँच खेलको सिरिजको पहिलो खेलमा भारत २८ रनले पराजित भएको थियो । यो खेलमा जडेजा र राहुल घाइते भएका थिए ।

हैदरावादमा भएको पहिलो टेस्टको चौथो दिन जडेजाको ह्यामस्ट्रिङमा चोट लागेको थियो । उनको खुट्टा स्क्यान गरी रिपोर्ट आउन बाँकी छ । यसै क्रममा केएल राहुलले तिघ्रामा दुखेको गुनासो गरिरहेका छन् । जसका कारण उनलाई पनि दोस्रो टेस्टमा आराम दिइएको छ ।

हैदरावाद टेस्टको चौथो दिन इंग्ल्यान्डका कप्तान बेन स्टोक्सको सिधा प्रहारबाट रविन्द्र जडेजा रनआउट भएका थिए। प्याभिलियन फर्कने क्रममा उनलाई हिँड्न कठिनाइ भएको थियो । खेल सकिएपछि जडेजाले हैदराबादमै आफ्नो खुट्टा स्क्यान गराए ।

जडेजाको स्क्यान रिपोर्ट मुम्बई इन्स्टिच्युटमा पठाइएको छ, जहाँ सबै खेलाडीको स्क्यान रिपोर्ट पठाइन्छ । रिपोर्ट आएपछि मात्र जडेजा एक टेस्टबाट बाहिरिने कि पूरै शृङ्खलाबाट बाहिरिने निश्चित हुनेछ ।