• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

कृषि समिति सभापति आरजु राणामाथि खनिए सांसद प्रेम सुवाल



काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित बन्नुभएको छ ।

सोमवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक थियो । बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो । सोही अनुरुप संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित हुनुहुन्थ्यो । आफ्नो संशोधन राखिरहेको बेलामा समिति सभापति आरजु राणाले ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस्’ भनेर सांसद सुवाललाई आग्रह गर्नासाथ सांसद सुवाल सभापतिमाथि खनिनुभएको हो ।

सभापतिले त्यसो भन्नासाथ सांसद सुवालले ‘तपाईहरुलाई घोचेको कुरा मन पर्दैन, तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि’ भनि प्रतिवाद गर्नुभएको थियो । उहाँले सभापति राणालाई बिपी कोईरालालाई बिपी प्रतिष्ठानमा बेचेको र भ्रष्टाचारको अखडा बनाएको पनि आरोप लगाउनु भयो । उहाँले सभापतिलाई ठूलो कुरा नगर्न भन्दै कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको हो भन्ने कुरापनि आफूहरुलाई सबै थाहा भएको बताउनुभएको थियो । आक्रोशित हुँदै टेबल ठोकेका सांसद सुवाल सभापतिसँगको केही बेरको सवालजवाफपछि शान्त हुँदै पुन: आफ्नो संशोधनका बुँदा राख्नुभएको थियो ।

यस्तो छ सभापति राणा र सांसद सुवाल बीचको सवाल–जवाफ :

आरजु राणा: पोइन्ट टु द पोइन्ट गरिदिनुस् ।

प्रेम सुवाल: पोइन्ट नै हो । तपाईहरुलाई घोचेपछि पोइन्टमा पर्दैन । सबै थाहा छ सभापतिज्यु । तपाईहरुलाई घोचेको कुरा मन पर्दैन सबै थाहा छ हामीलाई । तपाईहरु त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? सबै थाहा छ हामीलाई । प्रजातान्त्रिक समाजवाद पनि थाहा छ । नाटक नै नाटक त हो नि । बिपी कोईरालालाई त तपाईहरुले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि । भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई । सभापतिज्युले ठूलो कुरा गर्नुपर्दैन । कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई ।

उद्योगमन्त्री: त्यतातिर नजाऔँ माननीयज्यु ।

प्रेम सुवाल: किन नजाने ? किन रोक्नुभयो ? म बोल्दिन के(टेबल ठटाउँदै) उभिएर र पुन: टेबल ठटाए ।

आरजु राणा: रोकेको होइन । रोकेको होइन । प्लिज टु द पोइन्ट गरिदिनुहोस् भनेको हो के । प्लिज बस्नुस् माननीयज्यु । बस्नुस् । आफ्नो पोइन्ट राखेर जानुस् ।

प्रेम सुवाल: तपाईलाई घोचेपछि रोक्ने ? किन रोक्नुभयो ?

आरजु राणा: दुई, तीन वटा बाँकी छ अब । तपाईले गरेर जानुस् । मन्त्रीज्यु कुरिरहनुभएको छ ।

प्रेम सुवाल: त्यसरी रोक्न पाइँदैन । पक्षपात गर्न पाइँदैन ।

आरजु राणा: रोकेको होइन । पक्षपात गरेको होइन ।

प्रेम सुवाल: किन होइन ?

आरजु राणा: पक्षपात गरेको होइन । सिध्याएर जानुस् आफ्नो कुरा । व्याख्या धेरै नगर्नुस् मात्रै भनेको ।

प्रेम सुवाल: (बस्दै) तपाईहरुको समर्थन गर्न आएको होइन म ।

आरजु राणा: समर्थन खोजेको होइन । यो त संशोधन गर्नैपर्छ ।

प्रेम सुवाल: बिरोध गर्नासाथ किन रोक्नुभयो ?

आरजु राणा: मलाई लाग्दैन कि तपाईले गरेको बिरोध हो । मलाइ यो बिरोध होइन जस्तो लाग्छ । यो ठिक छ । संशोधन हाल्नैपर्छ ।

प्रेम सुवाल: आज युवाजति ८० लाख विदेश पठाउनु भयो । आज देश ध्वस्त पार्नुभयो । तपाईहरुले किन रोक्नुभयो ।

अन्य सांसदहरु: नरिसाउनु न माननीयज्यु

आरजु राणा: छोटो मात्रै गर्नुस् भनेको हो । कुरा राख्नुहोस् भनेको हो ।

प्रेम सुवाल: अरु कसैलाई भन्नुपर्दैन । मलाई किन भन्नुपर्छ सभापतिज्यु ? त्यस्तो पक्षपात गर्न पाइँदैन ।

आरजु राणा: ठिक छ ठिक छ प्लिज । तपाई लामै राख्नुस् । लामै राख्नुस् । दिनभरी हामी यहीँ बस्न आएको हो ।

प्रेम सुवाल: यस्तो नचाहिने नचाहिने कुरा । औद्योगिक क्षेत्रहरुमा उत्पादन भएको सबै अधिकांश सामानमा खाद्य स्वच्छता कायम छैन । तपाई उद्योगको मन्त्री(उद्योगमन्त्रीलाई इंकित गर्दै) के यो बोल्न पाउँदैन ?

उद्योगमन्त्री: पाइन्छ, पाइन्छ किन नपाउनु ?

प्रेम सुवाल: तपाईको मातहतको काम राम्रोसँग गर्नुपर्‍यो । जनतालाई धोका दिन पाइँदैन मन्त्रीज्यु ।

प्रेम सुवाल: (पाना पल्टाउँदै आफ्नो संशोधन राख्न शुरु) ६ महिना यता ४ अर्ब रुपैयाँको तरकारी आयात भयो । त्यो पनि विषादी भएको । चेकजाँच गर्नुपदैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ? यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहान्छु सभापति महोदयमार्फत धन्यवाद ।