२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका तथा राज्य सञ्चालनमा रहेका पदाधिकारी तथा सम्बद्ध सबैले जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षणका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधानले नै राज्यशक्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेकाले जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने धारणा राख्नुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि काम गर्न हुँदैन ।” राजनीतिकर्मीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे नागरिकले पनि अपनत्वको भाव देखाउने जनाउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक–फरक भए पनि आम नागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने विचार प्रकट गर्नुभयो । रक्षामन्त्री खड्काले प्रशिक्षणमा रहेका सैनिक अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरूचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आफूलाई देशको एक अब्बल र अनुशासित सैनिक अधिकृतका रूपमा स्थापित गर्न स्वयंको जिम्मेवारी अरूको भन्दा बढी हुन्छ भन्नेमा सदैव हेक्का राख्नुपर्दछ ।”

प्रतिष्ठानले सेनालाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न सक्षम तुल्याउने, बफादार, अनुशासित, नैतिकवान तथा दक्ष सैनिक अधिकृत उत्पादन गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याई प्राज्ञिक थलोका रूपमा स्थापित र परिचित गराउन गरिरहेको प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो । सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मासहितका अधिकारी सहभागी हुनुहुन्थ्यो । रासस