५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमको दाबी: नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छ



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गर्नुभएको छ ।

सांसद गौतमले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०/६० हजार आम्दानी गर्ने भएकाले यो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

सोमवार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले कृषि क्षेत्रको योजनावद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको पनि बताउनु भयो । सांसद गौतमले नेपालमा विश्वमा नै नभएको सबै खालको खेतीबाली उत्पादन गर्ने जमिन भएकाले जनसंख्या व्यवस्थापनसहित मुलुकको आर्थिक क्षेत्रमा उलटफेर ल्याउन कृषि क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले कृषिलाई प्राथमिकता नदिएर मुलुकमा जनसंख्याको उचित व्यवस्थापन गर्न नसकिने तर्क समेत गर्नुभयो । सांसद गौतमले कृषियोग्य जमिनलाई खण्डिकरण नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले तुरुन्तै रोजगारी दिने क्षेत्र भनेको त्यही कृषि हो । यसबाट हामीले अहिले भर्खरै ६० लाखलाई रोजगारी दिनसक्छौं । मैले लामो समयदेखि यो कृषि क्षेत्रमा काम गरेको हुनाले हामीले अहिले भर्खरै ६० लाखलाई योजनावद्ध रुपले रोजगारी दिनसक्छौं । र त्यसबाट महिनामा कमसेकम ५०/६० हजारको दरले हरेकले उत्पादन, आम्दानी गर्न सक्नेगरी विकास गर्न सकिन्छ । तर त्यतातिर ध्यान गएको छैन । अव कृषि क्षेत्रलाई धान मात्रै होइन, दुध उत्पादन हामीले नै गर्ने, अण्डा उत्पादन हामीले नै गर्ने, मासु, माछा हामी आफैले उत्पादन गर्ने, फलफूले आफैंले उत्पादन गर्न सकिन्छ । त्यो थलो हामीसित छ ।’

‘हामीसँग जस्तोसुकै संसारमा उत्पादन हुनसक्ने त्यो क्षेत्र हामीसँग छ । यस्तो वातावरण संसारमा कहीँ पनि छैन । त्यस्तो अवस्था छ । यो क्षेत्रमा हामीले योजनावद्ध रुपले जाऔं । यदि त्यसो गर्नसक्ने हो भने हामीले चाँडै नै परिवर्तन गर्नसक्छौ । एउटा उलटफेर चाहीँ गराई दिनसक्छौं । र, विदेश फौजमा भर्ना हुनै नपाउने अवस्था गराई दिउँ । केही त डलरका लागि पनि बाहिर जानै पर्‍यो । तर उनीहरुलाई पनि तालिम दिएर, उच्च तलवमानमा पठाउने गरौं । २०/३० हजार नेपाली रुपैयाँ पाउने गरी जाने होइन । कम्तिमा एक लाख मासिक पाउने ठाउँमा हामीले पठाऔं । यस्तो नीतिको आधारमा हामी जान पर्‍यो ।’

सदस्य गौतमले महिनामा एक लाख तलव कम्तिमा पाउने गरी दक्ष जनशक्तिलाई मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारलाई सुझाव दिनुभयो । —न्युज एजेन्सी नेपाल

 




भर्खरै