१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैन: भुवन केसी



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी रहेको बताउनु भयो । उहाँले मदिरा, चुरोट लगायतका विज्ञापन कलाकारहरुले गर्नु नहुने बताउनु भयो । उहाँले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने बताउनु भयो । उहाँले कलाकारहरुले सामाजिक कामका विज्ञापनहरु नि:शुल्क गर्नुपर्ने बताउनु भयो । विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै शतर्क हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी छ । कुनै मदिरा वा कुनै चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन । गलत म्यासेज फैल्याउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन । समाजमा कहिले काहीँ एकदमै राम्रा सामाजिक कामका विज्ञापनहरु नि:शुल्क पनि गरिदिनुपर्छ र गरेका पनि छौँ । त्यस्तोमा कलाकारहरु सजग हुनुपर्छ र विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सजग हुनुपर्छ ।’

अध्यक्ष केसीले नेपालमा चल्ने कुनैपनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने बताउनु भयो ।