• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

प्रधानमन्त्री कप: आर्मीले सुदूरपश्चिमलाई दियो २६३ रनको लक्ष्य



काठमाडौँ । जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि दुई सय ६३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ४८.३ ओभरमा अलआउट हुँदै दुई सय ६२ रन बनायो ।

आर्मीको लागि कुशल मल्लले उत्कृष्ट अर्धशतकीय ईनिङ खेले । उनले ६७ बलमा तीन छक्का र १० चौका प्रहार गर्दै ७५ रनको योगदान दिए । कुनै समय ८८/६ को स्थितमा रहेको आर्मीलाई कुशल र बसिर अहमदले दुई सय एक रनको सुदृढ अवस्थासम्म डोर्याएका थिए । बसिरले ३६ रन बनाए ।

यस्तै, सन्दीप रजालीले ३७ रन थप्दा सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३०, साहब आलमले २१ रन बटुले । अन्य खेलाडिले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीले अतिरिक्त रुपमा १० रन पाएको थियो ।

सुदूरपश्चिम प्रदेशको लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । यस्तै, नरेन साउदले तीन र विकास अग्रीले एक विकेट लिए ।