१५ बैशाख २०८२, सोमबार
,
Latest
रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’ सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने ‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’ अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्ता नभएका पोषण परिपुरकको प्रभावकारी अनुगमन गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दर्ता नभएका पोषण परिपुरकहरुको जथाभावी बिक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिएको छ ।

आज बसेको बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले औषधिको गुणस्तर सुनिश्चितताका लागि उत्पादन, बिक्री वितरण लगायतलाई नियमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

बैठकमा स्वास्थ्य र जनसङ्ख्या व्यवस्थापनसम्बन्धी विद्यमान अवस्था र मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल भएको थियो ।

समितिले स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्ने विषयमा पनि निर्देशन दिएको छ । समितिले स्वास्थ्य बीमा अन्तर्गत समावेश तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाट सहजै प्राप्तिको सुनिश्चित गर्न निर्दशन दिएको हो ।

साथै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकले सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा विगतमा दिएका निर्देशनको कार्यान्वयनसम्बन्धी प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउनसमेत समितिले निर्देशन दिएको छ ।