१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर मंगलबजारमा विदेशी महिला मृत फेला



symbolic picture
अ+ अ-

काठमाडौँ । ललितपुर मंगलबजारमा एक विदेशी महिला मृत फेला परेकी छन् । मंगलबजारस्थित नकिबहालमा जर्मनी नागरीक मृत अवस्थामा भेटिएको हो ।

नकिबहाल स्थित होमस्टेमा बस्दै आएकी उनी आफ्नै कोठामा मृत भेटिएकी ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।

उनी सो स्थानमा विगत एक वर्षदेखि बस्दै आएकी थिइन् । मृतकको सनाखत हुन बाँकि रहेको छ । अनुसन्धान अधिकृतको टोली तथा प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।