• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

तत्काल तौल घटाउन अपनाउनुहोस् सुत्नुअघि यी १० उपायहरु



काठमाडौं । मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ 'बढ्दो तौल' । अहिले सबैभन्दा समस्या मानिसहरुलाई आफ्नो मोटो शरीरमा नै लाग्छ । तौल घटाउने अनेक तरिका अपनाएतापनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका लागि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा राख्न जरुरी छ । ‘भारतीय फिटनेस एक्सपर्ट’ तौसिफ खानले तौल घटाउन चाहने व्यक्तिले सुत्नु अघि निम्न कार्य गर्नुपर्ने सुझाएका छन् ।

१) दूधः सुत्नु पहिले एक ग्लास दुध पिउनुहोस् । यसमा पाइने क्याल्सियम र प्रोटिनले पाचन शक्तिलाई राम्रो बनाउँछ । यसले राम्रो निन्द्रा लाग्न सहयोग गर्छ भने तौल पनि घटाउन सहयोग गर्दछ ।
पद्दति पद्धति

२) मरिचः रातीको खानामा कालो मरिचको प्रयोग गर्नुहोस् । यसमा बोसो पगाल्ने तत्व पाइनुका साथै यसले मेटाबोलिजम रेट पनि बढाउँछ जसले अतिरिक्त बोसो कम गर्न मद्दत गर्दछ ।

३) दहीः नियमित रुपमा सुत्नुभन्दा पहिले एक कचौरा कम फ्याट भएको दही खानुहोस् । यसमा पाइने प्रोटिनले ‘मसल्स बिल्ड’ गर्नेछ र तौल घटाउन सहयोग गर्नेछ ।

४) हिँड्नुहोस्ः सुत्नुभन्दा आधा घण्टा पहिले २० देखि ३० मिनेट हिँड्नुहोस् । यसले खाना पचाउन सहयोग गर्दछ र तौल घटाउन मद्दत गर्दछ ।

५) ग्रिन टीः यसमा एन्टीअक्सिडेन्ट र क्याटेचिन्स हुने भएका कारण यसले मेटाबोलिजमलाई बढाउन सहयोग गर्दछ भने पेटको बोसो कम हुन थाल्छ त्यसकारण सुत्नु पहिले ग्रिन टी पिउनुहोस् ।

६) कागती पानीः यसले शरीरको टक्सिन टाढा राख्छ जसले बोसो बढाउन दिँदैन । यसले पेटमा जमेको बोसो कम हुन्छ ।

७) भूइँकटहर र अदुवाको रसः यी दुवैले मेटाबोलिजमलाई सन्तुलन राख्छ र बोसो पगाल्न मद्दत गर्दछ । यसमा भिटामिन सि हुन्छ जसका कारण शरीरले पूर्णरुपमा शक्ति पाउँछ ।

८) एलोभेरा जुसः यसले शरीरमा फ्री र्‍याडिकल्सको वृद्धिलाई कम गर्दछ जसले पेटको बोसो कम हुन मद्दत गर्दछ ।

९) हरियो धनियाँको जुसः यो पिउँदा शरीरको टक्सिन टाढा हुन्छ र पेटको बोसो चाँडै कम हुन्छ ।

१०) काँक्रोको जुसः यसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले पेटको बोसो हटाउन सहयोग गर्छ ।