११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता जोशी फेरि कोमामा, भेन्टिलेटरमा राखेर उपचार गरिदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई पुन: भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका जोशीको शनिबारदेखी स्वास्थ्य अवस्था थप समस्या देखिदाँ पुन: भेन्टिलेटरमा राखेर उपचार गरिएको चिकित्सकहरूले बताएका हुन् । 

फागुन १३ मा मस्तिष्कघात भएका ५७ वर्षका जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरको छ। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्। 

डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीलाई उपचार गरिरहेको छ।

जोशीको स्वास्थ्य अवस्था गत शनिबारदेखि बिग्रेको डाक्टर झाले जानकारी दिए। जोशीको ब्लड प्रेसर हेर्दा स्थिर नै रहेपनि अहिले ‘उहाँ कोमामै रहेको बताए ।