२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर सिक्समा पुग्न नेपाललाई १४६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले १४६ रनको विजयी लक्ष्य पाएको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भयो ।

उसका लागि एएम घजनफारले २१ बलमा ३७ रन जोड्दा नशिर खान मरुफकहिलले ८३ बलमा ३१ रन जोडे । यस्तै, हशन इशाकहिलले ३५ बलमा २० रन जोड्दा फरिघदुन दाउदजाईले ६५ बलमा २९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका आकाश चन्दले ५ विकेट लिँदा दिपेश कँडेलले २ तथा गुलशन झा, तिलक भण्डारी र सुवाश भण्डारीले १–१ विकेट लिए ।

नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ ।

समूह ‘डी’को पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको पराजित भएको थियो । अफगानिस्तानले भने पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्यूजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।