३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व नम्बर एक जोकोभिच अस्ट्रेलियन ओपनबाट बाहिरिए



अ+ अ-

एजेन्सी । विश्व नम्बर १ पुरुष टेनिस खेलाडी सर्बियाका नोभाक जोकोभिच शुक्रबार अस्ट्रेलियन ओपन २०२४ बाट बाहिरिएका छन् । उनी पुरुष सिंगल्सको सेमिफाइनलमा चौथो वरियताका इटालीका यानिक सिन्नरसँग पराजित भएका हुन् ।

३ घण्टा २२ मिनेटसम्म चलेको खेलमा इटालियन खेलाडीले डिफेन्डिङ च्याम्पियन जोकोभिचलाई ६–१, ६–२, ६–७, ६–३ को सेटमा हराए । योसँगै सिन्नरले अष्ट्रेलियन ओपनमा जोकोभिचको लगातार ३३ खेल जित्ने क्रम सेमिफाइनलमा समाप्त पारिदिए ।

यो ग्रान्डस्लाममा १०३ खेलमा जोकोभिचको यो मात्र ९ औं हार हो । उनले १०३ अस्ट्रेलियन ओपन खेल खेलेका छन्, जसमध्ये ९४ खेल जितेका छन् र ९ खेल मात्र हारेका छन्। यहाँ उनको विजयी प्रतिशत ९१ प्रतिशत छ ।

सर्बियाका जोकोभिचले सबैभन्दा बढी पुरुष एकल अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् (१०)। यदि एमेच्योर युगलाई पनि गणना गर्ने हो भने अष्ट्रेलियाका रोय इमर्सन जोकोभिचपछि धेरै उपाधि (६) हात पारेका छन् ।

टेनिसमा खुला युग १९६८ मा सुरु भयो जब सबै खेलाडीहरू (एमेच्योर र व्यावसायिक) सबै चार ग्रान्ड स्लामहरूमा भाग लिन अनुमति दिइयो । यसलाई खुला युग भनिन्छ ।