८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमिन्स ‘आईसीसी पुरुष क्रिकेटर अफ दि इयर’ घोषित



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनवरी २५ (बिहीबार) आईसीसी ‘पुरुष क्रिकेटर अफ दि इयर’को घोषणा गरेको छ ।

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले विराट कोहली, रविन्द्र जडेजा र ट्राभिस हेडलाई पछि पार्दै सर गारफिल्ड सोबर्स ट्रफी कब्जा गरे ।

अस्ट्रेलियाले सन् २०२३ मा प्याट कमिन्सको नेतृत्वमा दुईवटा आईसीसी प्रतियोगिता जितेको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको अष्ट्रेलियाले त्यसपछि एकदिवसीय विश्वकपमा भारतलाई नै पराजित गर्दै छैटौं पटक विश्व च्याम्पियन बन्यो ।

कमिन्सले आफ्ना देशका ट्राभिस हेड र भारतीय जोडी विराट कोहली र रविन्द्र जडेजालाई पछाडि पार्दै यो उपाधि जितेका हुन् । कमिन्सले सन् २०२३ मा २४ खेलमा ४२२ रन र ५९ विकेट लिएका छन् । कमिन्सको नेतृत्वमा अस्ट्रेलियाले एशेज शृंखलालाई सफलतापूर्वक रक्षा गरेको थियो ।

एक खेलाडीको रूपमा, कमिन्सले टेस्ट खेलहरूमा अलराउन्ड प्रदर्शन गरे । उनले अस्ट्रेलियाका लागि फास्ट बलिङ आक्रमणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

एकदिवसीय खेलमा उनले तल्लो क्रममा धेरै महत्वपूर्ण इनिङ खेले । उनले भारतविरुद्धको फाइनल खेलमा ट्राभिस हेडसँगै टोलीलाई सम्हालेका थिए ।




भर्खरै