• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

‘टुरिष्ट गाइड’ एशोसियसनको अध्यक्षमा देवकोटा



काठमाडौँ । ‘टुरिष्ट गाइड’ एशोसियसन अफ नेपाल (टुर्गान)को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित हुनुभएको छ ।

टुर्गानको गएराति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यस्तै महासचिवमा टङ्कप्रसाद दुवाडी, कोषाध्यक्षमा रोहितकुमार फुयाँल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा शुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा, सचिवमा माधवराज श्रेष्ठ यसअघि नै निर्विरोध चयन भइसक्नुभएको थियो ।

कार्यसमिति सदस्यमा राजेन्द्रराज बज्राचार्य, नारायण बुढाथोकी, रामहरि तिम्सिना र सरस्वती घिमिरे निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत रमेश खतिवडाले राससलाई जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेले टुरिष्ट गाइड विदेशी पर्यटकलाई नेपालको दूतका रुपमा काम गर्ने भएकाले विदेशी पाहुनालाई राम्रो व्यवहार गरी अन्तर्राष्ट्रियस्तरमा नेपालकाबारेमा सही सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो समय नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कंदै गएकाले सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष जोड दिइरहेको उहाँको भनाइ थियो । रासस