१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा

‘टुरिष्ट गाइड’ एशोसियसनको अध्यक्षमा देवकोटा

‘टुरिष्ट गाइड’ एशोसियसनको अध्यक्षमा देवकोटा
अ अ+ अ-

काठमाडौँ । ‘टुरिष्ट गाइड’ एशोसियसन अफ नेपाल (टुर्गान)को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित हुनुभएको छ ।

टुर्गानको गएराति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यस्तै महासचिवमा टङ्कप्रसाद दुवाडी, कोषाध्यक्षमा रोहितकुमार फुयाँल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा शुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा, सचिवमा माधवराज श्रेष्ठ यसअघि नै निर्विरोध चयन भइसक्नुभएको थियो ।

कार्यसमिति सदस्यमा राजेन्द्रराज बज्राचार्य, नारायण बुढाथोकी, रामहरि तिम्सिना र सरस्वती घिमिरे निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत रमेश खतिवडाले राससलाई जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेले टुरिष्ट गाइड विदेशी पर्यटकलाई नेपालको दूतका रुपमा काम गर्ने भएकाले विदेशी पाहुनालाई राम्रो व्यवहार गरी अन्तर्राष्ट्रियस्तरमा नेपालकाबारेमा सही सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो समय नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कंदै गएकाले सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष जोड दिइरहेको उहाँको भनाइ थियो । रासस