२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

बोलिरहेका मुहाराकृति सजिए क्यान्भासमा

बोलिरहेका मुहाराकृति सजिए क्यान्भासमा
अ अ+ अ-

–नारायण ढुङ्गाना 

काठमाडौँ । चेलीबेटी बेचबिखनविरुद्धको अभियानका मुख्य अभियन्ता वाग्मती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइरालाका निधारमा मुजा देखिँदा पनि सामाजिक सक्रियतामा कुनै कमी देखिँदैन । पीडामा पनि हाँस्न जान्ने कोइरालाका मुहारभावलाई यसपालि कलाकार गजेन्द्र श्रेष्ठले क्यान्भासमा एक्रेलिक रङ दिनुभयो । 

माइती नेपालकी संस्थापक अनुराधा कोइराला बेचबिखनमा परेका महिलाको उद्धार, संरक्षण र उनीहरुको हक अधिकारमा सधैँ लड्दै आउनुभएको छ । कलाकार श्रेष्ठले उहाँको त्यो सक्रियता भाव र नौलो मुस्कानलाई चित्रमा पनि डगमगाउन दिनु भएन, बरु उजिल्याउनुभयो । कसैसँग संवाद गर्दै गरेको भान पर्ने कोइरालाको आकृति लोभ्याउने खालको बनेको छ । मुहारमा उत्रेको हाँसो, खुशी तथा रोदन अनि प्रकृतिले खिचिदिएका अनेक रेशा पनि रङबाटै भरिएको छ ।

हास्य विधाका स्थापित नाम मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) का मुहार कुनै प्रहसन हेरेभन्दा फरक लाग्दैन । उहाँहरुको मुहारले नै दर्शकलाई हँसाइरहेको अनुभूति हुन्छ । हरिवंशका आँखा हाँसिरहेझैँ लाग्थे । अनि मदनकृष्णका उमेरले दिएको चाउरीपना उमेरसँगै मुस्कुराइरहेझैँ छ । सेलिब्रेटीका अनेक भावभङ्गीबीच प्रविधिको आधुनिक जमानामा कुची हल्लाउँदै कलाकार डिराम पाल्पाली, कृष्णगोपाल श्रेष्ठ र आशुराम खाइजुले कागजमा दृश्य उतारे । गायन क्षेत्रका अब्बल आनी छोइङ डोल्माको मुहारले शीतल छहारी प्रदान गरिरहेको महसुस हुन्छ । कलाकार पूजा महर्जनले त्यही भावलाई दुरुस्त पारेर क्यान्भासमा सजाउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यसपालि यस्तै समाजका विशिष्ट १२ व्यक्तिको १८ मुहार चित्रलाई क्यान्भासमा उतारेको छ । त्यसमा नायिका मनिषा कोइरालादेखि चर्चित कलाकार तथा व्यवसायी सहभागी हुनुभयो । उहाँहरुको मुहार, हाउभाउ र भावभङ्गीलाई चित्रकारले दुरुस्त बनाउने कोसिस गरेका छन् । चर्चा बटुलेका व्यक्तिको रङ्गीन संसारमा उस्तै रङ भर्न पाउँदा कलाकार पनि औधी खुशी देखिए । 

चित्रकारितामा कठिन विधा मानिने मुहार चित्र बनाउन कलाकारलाई चुनौती नै थियो । सधैँ हाँसोले भरिने अनुहारका चित्र बनाउने कलाकारका मनमा पनि काँसो र खुशी छचल्किरहेको पाइन्थ्यो । उहाँहरुलाई कलाकारले कुचीमार्फत क्यान्भासमा प्रवेश गराउँदा कलाकार पनि मुसुमुसु हाँसिरहे । नवरसलाई ख्याल गरेर चित्र उतारेको बताउने कलाकार कृष्णगोपाल श्रेष्ठ उचित ध्यान दिन सकिएन भने चित्र बोल्दैन भन्नुहुन्छ । यसपालि कलाकारले बनाएका सबैका तस्वीर आफैँ बोलिरहे झैँ देखिने खालको छ । 

मुहार चित्र बनाउँदा आँखाको भावलाई ध्यान दिइन्छ । हाँस्दा आँखा पनि हाँसिरहेको हुन्छ । त्यसप्रति कलाकारको ध्यान पुगेन भने चित्र मर्ने स्वयं चित्रकारहरु स्वीकार्छन् । समाजमा चुलबुले, शान्त झगडालु, हक्की, लजालुलगायत स्वभावका मानिस हुन्छन् । त्यो मानिसको स्वभावलाई पनि चित्रकारले दिमागबाट खिचेर क्यान्भासमा रङले उस्तै बनाएर भर्नुपर्छ । तब मात्रै मुहार चित्र बोल्छ । सेलिब्रेटीको मुहार चित्रमा उतार्न आफूलाई चुनौती भएको अनुभव सुनाउने कलाकार डिराम पाल्पाली योग्य बन्न त्यस चित्रले अन्तरक्रिया गर्न सक्यो सकेन भनेर हेर्नुपर्ने बताउनुहुन्छ ।

कार्यक्रम संयोजक प्रतिष्ठानको चित्रकला विभागकी प्रमुख सुष्माराज राजभण्डारी पोट्रेट (मुहार चित्र) मा मानिसको क्यारेक्टर आउनुपर्ने बताउनुहुन्छ । यसपालिको मुहार चित्र कार्यशाला त्यस हिसाबले सफल रहेको उहाँ सुनाउनुहुन्छ । स्वयं वस्तु, प्रकाश र छायासँग खेलेर कलाकारले मुहार आकृति बनाउनुपर्छ । मुहार चित्रमा एकाग्रता ठूलो कुरा हो । आर्टमा राम्रै दखल चाहिन्छ । रङ, स्केच र इफेक्टको सम्बन्धलाई जोड्न सक्नुपर्ने कलाकारको भनाइ छ ।

पश्चिमा कलाकारमा राम्रो दखल भए पनि नोपालमा मुहार चित्रको ठूलो अभ्यास भने छैन तर पनि चित्रकारले मुहार चित्र भने बनाइरहेका छन् । यसपालिको मुहार चित्र कार्यशालामा चित्रकार कृष्णगोपाल श्रेष्ठ, आलोक गुरुङ र आशुराम खाइजुले हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई क्यान्भासमा ल्याउनुभयो । अर्का हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई डिराम पाल्पालीले रङ भर्नुभयो । सुरेन्द्र श्रेष्ठको मुहार कलाकारहरु टकबहादुर थापा, गजेन्द्र श्रेष्ठ र बाबुराजा देउलाले बनाउनुभयो । 

कलाकार गोपाल चित्रकार र कान्छाकाजी भासीले नायिका मनिषा कोइरालाको मुहार बनाउनुभयो । कालाकार गजेन्द्र श्रेष्ठले पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, पूजा महर्जनले गायिका आनी छोइङ डोल्मा, कलाकार प्रदीप श्रेष्ठले व्यवसायी प्रदीपकुमार श्रेष्ठ, कलाकार सिर्जनराज भण्डारीले सुरेन्द्रवीर मालाकार, कलाकार बुद्धि गुरुङले प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, कृष्णप्रसाद शाहले पृथ्वीबहादुर पाण्डे, रोशन प्रधानले भद्रकुमारी घले र किशोर नकर्मीले अम्बिका श्रेष्ठको मुहारलाई क्यान्भासमा उतार्नुभयो । 

यही फागुन दोस्रो र तेस्रो हप्तामा बनेका विशिष्ट व्यक्तिका १८ मुहार चित्रलाई छिट्टै प्रदर्शनी गरिने तयारी गरिएको छ । चित्र बिक्रीबाट आएको आम्दानीको केही प्रतिशत विपन्न क्षेत्रको स्कूललाई सहयोग गर्ने रहेको प्रतिष्ठानको चित्रकला विभाग प्रमुख राज भण्डारीले बताउनुभयो । रासस