२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीद्वारा सुदूरपश्चिमलाई २४८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २ सय ४८ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनायो ।

बागमतीका ओपनर आशुतोष घिरैयाले अर्धशतकीय ईनिङ खेले । उनले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

कप्तान रित गौतमले ४४, अशोक पौडेलले ३१, रविन जोशीले २४, विपिन आचार्यले १२, सुर्य तामाङले ९, प्रतिश जि.सीले १७ र ईशान पाण्डेले २ रन थप्दा सोनु देवकोटा २८ रनमा नट आउट रहे ।

सुदूरका शेर मल्ल र नारायण जोशीले समान तीन तीन विकेट लिए । विकाश आग्रीले दुई विकेट लिँदा मिलन बोहराले एक विकेट लिए ।